Saturday, 4 September 2010
Miss Purbanchal Sabina
धरान, चैत्र १५ - धरानमा शनिबार अबेर राति सम्पन्न अन्ना लिफान मिस पुर्वाञ्चलको ताज झापा चकचकी- ७ बस्ने २१ वर्षिया सविना लिम्बू बोखिमको शिरमा सजिएको छ ।
विर्तामोडको कन्काई कलेजमा स्नातक दोश्रोबर्षमा अध्ययन गरिरहेकी लिम्बुले अन्तिम प्रतिष्पर्धामा २२ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधीमथि कव्जा जमाएकी हुन् । उनलाई मिस नेपाल जेनिशा मोक्ताले मिस पुर्वाञ्चलको क्राउन शरीमा पहिराइ दिएका थिए भने प्रमुख निर्णायक सुवास ढकालले ट्रफि प्रदान गरेका थिए ।
दर्शकहरुले भरिएको धरान सभागृहमा प्रमुख निर्णायक कान्तिपुर साप्ताहिक र नारी मासिक पत्रिकाका सम्पादक सुवास ढकालले नारी पनि पुरुष जतिकै सक्षम हुन् सक्छन् भन्नका लागि तपाई कसरी पुस्टी गर्नु हुन्छ भनेर सोधेको प्रश्नको सटिक जवाफ दिएर सविनाले सवैको मन जित्न सफल भएकी थिइन् । उनको सटिक जवाफ यस्तो थियो, 'आजका आधुनिक नारीहरु जस्तो सुकै चुनौतिको सामना गर्दै पुरुष जतिकै अगाडि बढ्न सक्षम छन् । नारीले गर्न नसक्ने अव केही बांकि छैन । यति मात्र खांचो छ उनीहरुलाई पुरुष सरह शिक्षा, दीक्षा र अवसर दिनु पर्छ ।'
उपाधीसंगै उनले अन्ना लिफान स्कुटी प्राप्त गरिन् भने सोही कम्पनीको एक बर्षको लागि ब्राण्ड एम्बेसडर पनि बन्न सफल भइन् । आफ्नो शीरमा मिस पुर्वाञ्चलको चम्किलो उपाधी सजाए पछि सन्चारकर्मीहरुले सोधेको जवाफमा भनिन्, 'टप टेन सम्म पुग्दा मैले मिस पुर्वाञ्चलको ताज आफ्नो शीरमा सजाउन पाउछु जस्तो लागेको थिएन । तर टप फाइवमा परे पछि भने आत्मविश्वास जागेको थियो ।' हाल झापाको कन्चनजङ्घा एफएममा कार्यक्रम संचालिकाको रुपमा कार्यरत सविना भविष्यमा सफल भिजे बन्ने र समाज सेवा गर्ने लक्ष रहेको उल्लेख गर्दै भनिन्, 'आज म यहां सम्म आइपुग्नुमा आमा यामकुमारी र परिवारका अन्य सदस्यको महत्वपुर्ण योगदान रहेको छ । मैले उहांहरुको सपनालाई पनि पुरा गर्नु छ ।'
बुढासुव्वा टे्रनिङ सेन्टरको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा धरानकी पि्रया लामाले फस्र्ट रनर अप र जमिना लिङ्देन सेकेन्ड रनर अप संगै मिस बेस्ट फिगरको उपाधी हात पानए सफल भएका थिए । राज फैजुको कोरियोग्राफी, निशुङ्मा हेयर एण्ड व्यूटि सेलुनकाका विष्णु लिम्बुको सजावट रहेको उक्त प्रतियोगितामा मिस ट्यालेन्ट सविना याख्खा, मिस फोटो जेनिक विना लिम्बु, मिस क्याटवाक सविना प्रधान, मिस स्माइल वृन्दा राई, मिस व्यूटिफुल स्किन प्रमिसा राई, मिस व्यूटिफुल हेयर समिता राई, मिस भ्यूअर च्वाईस स्वेच्छा पौडेल, मिस डिसिप्लीन सृजना शर्मा, मिस कल्चरल ड्रेस जुना राई र मिस फ्रेन्डशीप उमा राई भएका थिए ।
प्रतियोगिताको निर्णायकहरुमा मिस नेपाल जेनिसा मोक्तान, हेयर स्टाइलिस निल डेभिड कटुवाल, व्यूटिसीयन स्यान्द्रा पुन, चलचित्र निर्देशक दीपक श्रेष्ठ, श्रीजया बस्नेत रहेका थिए । प्रतियोगितामा सहभागीहरुले चेलीबेटी बुटिकका फेशन डिजाइनर सुपि्रया माझीले डिजाइन गरेका विभिन्न पहिरन प्रदर्शन गरेका थिए । सौरभ श्रेष्ठले इभेन्ट म्यानेजमेन्ट गरेको उक्त कार्यक्रममा कलाकार राजेश पायल राई, सपन श्रेष्ठ लगायतले गाएर दर्शकलाई नाच्न बाध्य बनाएका थिए । आयोजक बुढासुव्वा ट्रेनिङ सेन्टरका अध्यक्ष वीरेन्द्र खिम्दिङले आगामी बर्ष पनि मिस पुर्वाञ्चललाई निरन्तरता दिने बताए ।
Labels:
Beauty Contest
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment