Saturday, 4 September 2010

Miss Teen



काठमाडौ, पुस २६ - 'एक दिनलाई प्रधानमन्त्री हुँदैमा देशको विकास गर्न त सम्भव हुँदैन । तर, देशको भलाइका लागि के के गर्न सकिन्छ भनेर बौद्धिक व्यक्तिहरूको भेला गराई आइडिया लिने थिएँ,' मिस टिन फाइनल भइरहँदा शनिबार निर्णायकले सोधेको 'तपाईं एक दिनलाई प्रधानमन्त्री हुनुभयो भने देशका लागि के गर्नुहुन्छ' भन्ने प्रश्नमा उनले अंग्रेजीमा यस्तो उत्तर दिएकी थिइन् ।




कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा खचाखच दर्शकले आफ्नो उत्तर मन पराई परर ताली बजाइदिएपछि हर्षविभोर देखिएकी तिनै सृष्टि न्यौपाने मिस टिन- २०६६ को ताज पहिरिन सफल भइन् । पेन्टिङ, स्वीमिङ र ट्राभलिङमा रुचि राख्ने सानेपा निवासी सृष्टि राजधानीस्थित क्याम्पियन कलेजमा १२ पढदै छिन् । व्यवस्थापन विषयकी यी छात्राले मुलुकभरका ३० किशोरीको सहभागिता रहेको प्रतियोगितामा मिस फोटोजेनिक उपाधिसमेत हात पारिन् ।



'मिस टिनको उपाधि जित्दा कहिल्यै नपाएको खुसी मिलेको छ,' उनले भनिन्, 'अब आफ्नो र टिन एजर्सको क्षमता विकासका लागि काम गर्नेछु ।' निणर्ायकले लेखेर सोधेको 'तपाई आफूलाई कसरी बयान गर्नुहुन्छ' प्रश्नमा सृष्टिले 'आम किशोर-किशोरीभन्दा फरक र महत्त्वाकांक्षी सोच राख्दै तिनलाई साकार पार्न कडा मिहिनेत गर्ने सोच भएकी व्यक्ति हुँ,' भनेकी थिइन् । ती जवाफसँगै सौन्दर्य राम्रो भएकैले सृष्टिले अरूलाई पछि पारेकी हुन् ।



मिस टिनको यो तेस्रो संस्करणमा सप्तरीकी दिव्यप्रभा झाले मिस ट्यालेन्टसँगै फस्ट रनरअपको उपाधि जितिन् । अदीति खरेलले सेकेन्ड रनरअपको ताज पहिरिइन् । विजेता बनेबापत सृष्टिले ३१ हजार, दिव्यप्रभाले २१ हजार र अदीतिले ११ हजार रुपैयाँ पाए । यसैगरी, पि्रयंका श्रेष्ठलाई पपुलारिटी, नवाङ मोक्तानलाई ग्ल्यामरस, सुप्रभा चन्द पर्सनालिटी र क्याटवाक, भावना गुरुङलाई मिस कल्चरल र अमि्रया खनाललाई हेयरतर्फको उपाधि दिइयो ।



प्रतियोगितामा सहभागीलाई चार लाख बराबरका गिफ्ट ह्याम्पर, १६ म्युजिक भिडियोमा मोडलिङ र ५ फिल्ममा अभिनय अवसर दिइने आयोजक मुभिज नेपालले जानकारी दिएको छ । फाइनल सांगीतिक माहौलबीच करिब तीन घन्टासम्म चलेको थियो । पेन्ट, इभिनिङ गाउन र सारीमा सजिएर क्याटवाकमा निस्किएका किशोरीले विभिन्न जातीय पहिचान झल्किने खालका गरगहनासमेत लगाएका थिए ।



'किशोरीहरूको क्षमता विकासमा यस्ता प्रतियोगिता महत्त्वपूर्ण हुन्छन्,' मुभिज नेपालका प्रमुख सन्तोष सापकोटाले भने, 'युवापुस्ताका लागि यस्ता प्रतियोगिताले प्रगतिको ढोका खोल्न सहयोग पुर्‍याउँछन् ।' कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको समारोहमा प्रकाश पौडेल, प्रमोद खरेल, मौसमी गुरुङ, लक्ष्मी सम्बाहाम्फे, विनोद खम्बुले गीत गाएका थिए । प्रसिद्धि कला केन्द्रका कलाकारले थमाली नृत्य देखाएका थिए ।

No comments:

Post a Comment