Saturday, 4 September 2010

Little Miss Nepal 2010


काठमाडौ, भाद्र १७ - यस वर्षको लिटिल मिस नेपालको उपाधि नेहा श्रेष्ठले चुमिन् । कृषा शाही र अस्मिता लामा क्रमश: फस्ट रनरअप र सेकेन्ड रनरअप घोषित भए ।




प्रतियोगितामा अन्तिम ६ सहभागीले निर्णायकमध्येका संयोजक फिल्म निर्देशक तुलसी घिमिरेको 'आफूलाई कसरी अरूभन्दा उत्कृष्ट प्रमाणित गर्नुहुन्छ' भन्ने प्रश्नको जवाफ दिएका थिए ।



बुधबार राष्ट्रिय नाचघरमा ५१ प्रतिस्पर्धीलाई पछि पार्दै लिटिल मिस नेपाल श्रेष्ठले १० हजार रुपैयाँसहित विभिन्न उपहार जितिन् । मुभी हाउसले चौथोपटक गरेको उक्त कार्यक्रममा ८ देखि १३ वर्ष उमेरसमूहका बालिकाले भाग लिएका थिए ।



त्यसैगरी, लिटिल मिस क्याटवाक, सुपरमोडल र चार्मको उपाधि क्रमश: रसु शाक्य, श्रेया तामाङ र अरिमा न्यौपानेले जिते । १५ उपाधिमध्ये जेसिका दाहालले उत्कृष्ट स्माइल, जेनिसालक्ष्मी शाहीले डिसिप्लिन र मोनिका गुरुङले उत्कृष्ट भेषभूषाको उपाधि चुमे ।



'सफल बिजनेस वुमन बन्ने लक्ष्य छ,' १२ वर्षीया श्रेष्ठले उपाधि जित्नुअघि नै परिचय राउन्डमा भनेकी थिइन् । उनी ५२ जनाबाट उत्कृष्ट २५, १२ हुँदै अन्तिम ६ जनामा छनोट हुँदै उपाधि चुम्न सफल भएकी हुँ ।



झन्डै साढे चार घन्टासम्म चलेको उक्त स्पर्धामा सहभागीले परिचयात्मक, क्याटवाक, जातीय भेषभूषा राउन्ड प्रदर्शन हुँदै निर्णायकको प्रश्नको जवाफ दिएका थिए ।




No comments:

Post a Comment