Showing posts with label Problems in Public. Show all posts
Showing posts with label Problems in Public. Show all posts

Wednesday, 25 August 2010

My School, My Heart Pains








नवलपरासी, भाद्र ८ - कक्षाकोठामा पानी चुहिएर जलाम्य भएपछि नवलपरासीको धौबादी गाविसस्थित सूर्यज्योति माविका विद्यार्थीको पैताला कुहिएको छ ।

बिद्यालयको १२ कोठामध्ये ८ वटामा पानी चुहिएर कक्षा कोठा भरिएका छन् । कोठामा भरिएको हिलाम्य पानीले ८४ विद्यार्थीको पैताला कुहिएको विद्यालयका प्रधानाध्यापक निमु गिरीले जानकारी दिए ।

टिनको छानो रहेको कक्षा कोठामा वर्षातको सबै पानी चुहिने र चौरको पानी पनि हिलो हित पसेपछि बिद्यार्थीको पैताला कुहिएको हो । हरेक कक्षा सकिएपछि बिद्यार्थीले घरवाट ल्याएको बाल्टिनले पानी फाल्दै दिन काट्ने गरेका छन् ।

बुधवार सम्म पानी नरोकिए बिद्यालय एक साताबन्द गर्ने सोचाइ रहेको गिरीले बताए । बिपन्नहरुको बाहुल्यता रहेको त्यस बिद्यालयमा ५ सय ७५ बिद्यार्थी छन् ।

शब्द तस्बिरः नारायण शर्मा / कान्तिपुर