
काठमाडौंका खुँखार डन चक्रे मिलन (मिलन गुरुङ) र उनका भाइ तेजेन्द्र गुरुङ हत्या अभियोगमा एउटै जेल चलान भएका छन्। सञ्जय श्रेष्ठको हत्या अभियोगमा काठमाडौं जिल्ला अदालतले दुवैलाई मंगलबार पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि चक्रेलाई राखिएको केन्द्रीय कारागारमै तेजेन्द्रलाई पनि चलान गरिएको छ।
२०६५ बैशाख ५ गते नक्सालमा गुरुङ दाजुभाई सहितको समुहले श्रेष्ठलाई रड, र खुकुरीले हानेर हत्या गरेको दावी गर्दै मृतक श्रेष्ठकी आमा आशा श्रेष्ठको जाहेरीको आधारमा अदालतले सोमवार दुवैलाई थुनामा पठाउने फैसला गरेको हो।
भैरहवामा हेरोइन र पेस्तोल सहित पक्राउ परेका चक्रे केन्द्रीय कारागारमै बन्दी छन्। एक दर्जन भन्दा बढी अपराध अभियोगमा फरार रहेका उनका भाई तेजेन्द्रले साउनको पहिलो साता महानगरिय प्रहरी परिसर आत्मसर्मपण गरेका थिए। तेजेन्द्र प्रतिना सुनुवार हत्याकान्डका प्रमुख अभियुक्त हुन्।
चक्रे चक्रपथ क्षेत्रलाई आधार बनाएर संगठित अपराधिक गिरोह सञ्चालन गर्दै आएको प्रहरी दावी छ। चक्रे समुह र दिपक मनाङे समुहबीच राजधानीमा पटक पटक भिडन्त हुँदै आएको छ।
सार्वजनिक अपराधको अभियोगमा डेढ वर्ष कारागारमा बसेर रिहा भएपछि मनाङे यतिबेला संघीय लोकतान्त्रीक मञ्चमा प्रवेश गरी राजनीति शुरु गरेका छन्।
Nagariknews.com
No comments:
Post a Comment